२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

प्रधानमन्त्री : ढुक्क भएर निर्वाचनको तयारिमा लाग्नुस्


१८ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १८ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमै चुनाव हुने भन्दै ढुक्क भएर तयारीमा लाग्न आह्वान गरेका छन् ।

ओली समूहले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले केही व्यक्तिले चुनाव हुँदैन भनेर चलाएको हल्लाको पछि नलाग्न आह्वान समेत गरेका छन् । नेकपा विभाजित नभएको र केही व्यक्ति मात्र बाहिरिएको उनको जिकिर थियो ।

प्रधानमन्त्री ओलीले देश समृद्धिको यात्रामा रहेको भन्दै आफ्नै पार्टीको सरकारले गरेका विकास निर्माणका कामको प्रचार गर्न नजान्ने प्रवृत्तिका कारण अहिलेको अवस्था आएको समेत प्रधानमन्त्रीले बताएका छन् । चौतर्फि घेरावन्दी गर्ने प्रयास गरेका कारण प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशका लागि मध्यावती चुनावको घोषणा गरेको उनको दाबि थियो ।

पुष्पकमल दाहालप्रति संकेत गर्दै उहाँले माडीमा आएर आफैँले मणि बनाउने उद्घोष गरेर चुनाव जिताएको तर कुहिएको आलु परेको भन्दै व्यङग्य गरे । प्रधानमन्त्री ओलीले माडीमा अयोध्याधाम बनेरै छाड्ने भन्दै ढुक्क रहन आग्रह गरे ।

माघ १४ गते कोरोना खोपको अभियान शुभारम्भ गर्दै तीन महिनाभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप दिने बताउनुभएका प्रधानमन्त्री ओलीले शनिबार भने बोली फेरेका छन् । भारतबाट १० लाख खोप अनुदानमा आएपछि खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप दिने बताएका थिए ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००