काठमाडौँ १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश पञ्चायती तानाशाही र निरंकुश राजतन्त्रसँग घुँडा नटेकेको भन्दै अब घुँडा टेक्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन्।
चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैसँग घुँडा नटेकी नेपालको स्वाभिमानलाई माथि उठाइने बताएका हुन् ।
उनले आगामी वैशाखमा निर्वाचन भएरै छाड्ने दाबी गरे। जनसभाअघि उनले भरतपुरमा बन्दै गरेको सिटी हल र पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोद्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने योजनाको शिलान्यास गरेका थिए।
प्रतिक्रिया