२३ माघ २०८१, बुधबार । February 5, 2025

Uncategorized

प्रधानमन्त्री ओलीले देश र जनतालाई हेप्यो : गगन थापा


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ ।  नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतालाई हेपेको आरोप लगाएका छन्।

“उहाँ प्रम केपी शर्मा ओली ले कार्यक्रममा हँसाउने गर्नु भएको छ, उहाँले हँसाउनु भएको मात्रै होइन, हेप्नु भएको हो र त्यो सिंगो देश र जनतालाई।” नेता थापाले संघीय निर्वाचन क्षेत्र नम्बर – २ सिन्धुपाल्चोकले आज आयोजना गरेको कार्यक्रममा बताए।

उनले ओलीले संसद् मात्रै नभइ संविधान विघटन भएको बताए। अब, त्यसविरुद्ध लड्नु आवश्यक रहेको उनको भनाइ छ।

फरक प्रसङ्गमा उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई बदर गर्ने आशा गरेको बताएका छन् ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००