२३ माघ २०८१, बुधबार । February 5, 2025

Uncategorized

लागूऔषधसहित बारामा एक युवक बारामा पक्राउ


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ । बाराको जितपुर सिमरा उपमहानगरपालिका – १ मा लागूऔषध नाइट्रोभेटसहित प्रहरीले आज बिहान एक जना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर – ३ का २३ वर्षीय सुदेश खत्री रहेका छन्।

उनको साथबाट प्रहरीले नाइट्रोभेट ५ सय ७६ ट्याब्लेट बरामद गरेको छ।

जिल्लाको निजगढबाट काठमाडौंतर्फ आउँदै गरेको बा।३४ प। ७२२५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक खत्रीलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐन सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गर्ने भएको छ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००