काठमाडौँ १७ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल – नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले नेपालमा संयुक्त सैन्य अभ्यास गर्ने, विदेशी नागरिकलाई नेपाली नागरिकता दिने र कृषि लगायत क्षेत्रमा विदेशी कम्पनीलाई भित्र्याएर मुलुकमा बेरोजगार उत्पादन गर्न चालेको कदमप्रति सरकारलाई असहयोग गरेको बताएका छन्। अन्य काममा सरकारलाई सहयोग गरेको बताए। कैलालीको धनगढीमा दाहाल – नेपाल समूहले आयोजना गरेको जनसभालाई आज सम्बोधन गर्दै उनले भने, “सरकारलाई समृद्ध मुलुक बनाउने अभियानमा भने सहयोग गरेका छौं।” उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै लोकतन्त्रमाथि प्रहार गरेको, संविधानलाई कुल्चेको र जनमतको अपमान गरेको आरोप लगाए। फरक प्रसङ्गमा ‘दाहाल – नेपाल’ नेतृत्वको नेकपा आधिकारीक भएको उनको दावी छ।
१७ माघ २०७७, शनिबार ००:००
0
Shares
प्रतिक्रिया