२९ आश्विन २०८१, मंगलबार । October 16, 2024

Breaking

अनामनगरमा आजदेखि ६५ रुपैयामै खाना खान पाइने


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ ।काठमाडौंको अनामनगरमा आजदेखि ६५ रुपैयामै खाना खान पाइने भएको छ । नायक पल शाह र गायक दुर्गेश थापाले खानाघरको उद्घाटन गरेका छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको हाम्रो टिम नेपाल नाम सामाजिक संस्थाले सस्तोमा खाना खान पाइने व्यवस्था गरेको छ ।

न्युन आए भएका व्यक्तिलाई लक्षित गरी नाफा कमाउने भन्दा पनि सेवा दिने उद्धेश्यले सस्तोमा खाना उपलब्ध गराउन लागिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिएका छन् ।
खानाघरबाट भएको आम्दानीले तीनै गरिवहरुलाई निःशुल्क खाना खुवाउने उद्धेश्य रहेको अध्यक्ष पन्तले बताएका छन् । दैनिक एक हजार जनालाई खाना खुवाउन सकिने उनको भनाई छ । खानाघर स्थापनाका लागि झण्डै २० लाख रुपैया खर्च भएको पनि उहाँले उनले बताएका छन् ।
हाम्रो टिम नेपालले कपडा बैंक स्थापना गरेर गरिवलाई निःशल्क कपडा वितरण गर्ने अभियान पनि सञ्चालन गर्दै आएको छ ।

कपडा बैंक काठमाडौका विभिन्न ठाउँसँगै काठमाडौ बाहिरका विभिन्न जिल्लामा समेत अहिले पनि सञ्चालन भइरहेको बताइएको छ ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००