२८ आश्विन २०८१, सोमबार । October 14, 2024

Breaking

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले वडा तहसम्मै प्रदर्शन गर्ने


१७ माघ २०७७, शनिबार ००:००

0
Shares


काठमाडौं। जनता समाजवादी पार्टी जसपा नेपालले स्थानीय तहको वडासम्मै प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने भएको छ।
नेता लक्ष्मण लाल कर्णका अनुसार २९ गते वडा तहमा प्रदर्शन गर्ने निर्णय पार्टीको शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकले निर्णय गरेको छ।
सोही दिन एकीकरण पहिलेको तत्कालीन दुई पार्टी राष्ट्रिय जनता पार्टी ९राजपा० र संघीय समाजवादी फोरम ९ससफो० नेपालको वडा तहमा समयोजन हुनेछ।
समायोजन गरेपछि प्रदर्शन गर्ने भएको नेता कर्णले बताए। जसपाले यही माघ २३ गते जिल्ला, २५ गते प्रदेश तथा निर्वाचन क्षेत्र र २७ गते स्थानीय तहस्तरमा प्रदर्शन गर्ने जसपाले यसअघि नै निर्णय गरेको छ।
जसपाको यो प्रतिनिधिसभा विघटनविरुद्धको तेस्रो चरणको प्रदर्शन हो। सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि जसपा आन्दोलिन हुँदै आएको छ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००