२७ आश्विन २०८१, आइतबार । October 13, 2024

समाचार

तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ । तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ ।
आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएका छन् । उनकाअनुसार अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

आज काठमाण्डौको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद्को अनुमान छ ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००