काठमाडौँ १६ माघ । धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका ३ का ५० वर्षीय दिपचन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।
लक्ष्मीनिया गाउँपालिका ४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले शुक्रबार बिहान उनी सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया