काठमाडौँ १६ माघ । नेकपा ओली समूहका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगमन भएको बताएका हुन् ।
पर्यटन मन्त्रालयमा अघिल्ला मन्त्री योगेश भट्टराईले ल्याएका राम्रा कार्यक्रमलाई भने निरन्तरता दिने उनले बताएका छन् । उनले पर्यटक आगमन सहज बनाउने गरी थप निर्णयको तयारी भइसकेको जानकारी दिए समेत दिएका छन् ।
प्रतिक्रिया