२७ आश्विन २०८१, आइतबार । October 13, 2024

मनोरञ्जन

सोनाक्षीको महंगो घर किन्ने सपना पुरा


१६ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ १६ माघ । सोनाक्षीले सिन्हाले मुम्बइको बान्द्रा इलाकामा ‘४ बीएचके’ घर किनेकी छिन् । सोनाक्षीले आफूले सानैदेखि देखेको सपना पुरा गरेको प्रतिक्रिया भारतीय मिडियासँग दिएकी छिन् । एक भारतीय म्यागेजिनसँग कुरा गर्दै सोनाक्षीले भनिन्–‘जब मैले बलिउडमा काम गर्न सुरु गरेँ, मेरो सपना थियो कि म आफ्नै कमाइले एउटा घर किन्न सकुँ । ३० बर्षको उमेर नपुग्दै घर किन्ने चाहना मेरो थियो । तर, मैले ३० बर्षमै त घर किन्न सकिनँ, तर आज आएर सपना भने पुरा गरेकी छु ।’

सोनाक्षीले नयाँ घर किनेपनि आफूले तत्काल बुबा–आमाको साथ भने नछाड्ने बताएकी छिन् । उनले भनिन्–‘तत्काल नयाँ घरमा बस्ने मेरो कुनै योजना छैन । तर, मैले आफ्नो सपना पुरा गर्नका लागि घर खरिद गरेकी हुँ ।’

गतबर्षको नोभेम्बर महिनामा घर किनेर सोनाक्षीले डिजाइन समेत गरिसकेकी छिन् ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार ००:००