२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मुख्य खबर

विनोद चौधरीको नेतृत्वमा ‘गरीखाने अभियान’ सुरु


१५ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाण्डौ १५ माघ ।  नेपाली काँग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरीखाने अभियान’ सुरु गरेको छ । बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उक्त अभियान घोषणा गरिएको छ ।
पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक अनिल रुगंटाले नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु गरिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा उद्योगी विनोद चौधरीले नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेकाहरुलाई अभियानमा समेट्ने बताए । ‘अभियान नेपाली काँगेसकै हो, तर यो दृष्टिकोणमा विश्वास गर्ने युवालाई समेट्छौं । यो बाटोमा लागेर उसले ल्याउने परिवर्तनलाई सफलताको गति दिन सक्छ’ उनले भने ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार ००:००