२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

प्रचण्ड माधव नेपाल पक्षले आज विरोध सभा गर्दै


१५ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ १५ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड माधव नेपाल पक्षले आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो ।

दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका संयोजक ठाकुर गैरेले बताएका छन् । मौसम प्रतिकूल भएर विमानस्थलबाट उडान प्रभावित भएमा प्रचण्ड र नेपाल हेलिकोप्टरमार्फत बुटवल आउने प्रचार प्रमुख सिद्धिचरण भट्टराईले बताएका छन् ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार ००:००