२३ माघ २०८१, बुधबार । February 6, 2025

समाचार

‘कोभिशिल्ड’ देशभरि नौ हजारभन्दा बढीले लगाए


१५ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ १५ माघ । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बुधबार देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए।

भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै गरेका थिए।
प्रवक्ता प्रा डा गौतमका अनुसार प्रदेश नम्बर १ मा एक हजार २५५ जना, प्रदेश नम्बर २ मा ७२६ जना, वाग्मती प्रदेशमा दुई हजार ६९४ जना, गण्डकी प्रदेशमा एक हजार ८४३ जना, लुम्बिनी प्रदेशमा ७३३ जना, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन्।

प्रकाशित : १५ माघ २०७७, बिहिबार ००:००