२३ माघ २०८१, बुधबार । February 6, 2025

Breaking

३४ वर्षीय युवकको हत्या संलग्न भएको आरोपमा ६ जना पक्राउ


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ १४ माघ । रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि ३४ वर्षीय युवकको हत्या भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्या भएको थियो ।
घटनामा संलग्न ८ जनामध्ये आरोपित ६ जनालाई रुपन्देही प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
यादवलाई उनकै भाइ, काका र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए ।पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार रुपन्देहीको सियारी गाउँपालिका– २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकको भाइ विरेन्द्र यादव, काकाको सम्धी सन्त कुमार यादव तथा सिद्धार्थनगर–११ का राकेश यादव र अफताव मुसलमान रहेका छन् । घटनामा संलग्न मध्यस्तकर्ता लङ्गारे भनिने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन् ।मृतकका काकाले भतिज राजेन्द्रको हत्या गराउने मध्यस्तकर्तालाई २५ लाख रुपैयाँ वा एक कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पोखरेलले बताएका छन् ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००