काठमाडौँ १४ माघ । पछिल्लो २४ घण्टामा थप दुई सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
चार हजार तीन सय ८२ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७० हजार तीन सय ७५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा दुई सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ५९ पुगेको छ ।
प्रतिक्रिया