काठमाडौँ १४ माघ । राजश्व छली गरिएका ओरियन्स कम्पनीका करिब ४ करोड भन्दा बढी मुल्य बराबरको सामान झापाको दमकबाट प्रहरीले बरामद गरेको छ ।
बिल सहितको ८७ लाख रुपैयाँ र बिना बिलको ३ करोड मुल्य बराबरको सामान बरामद गरेर प्रहरीले आज सार्वजनिक गरेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय दमकमा आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले दमक ६ स्थित एक घरबाट ति सामानसहित कम्पनीका सञ्चालक मध्येका जितेन्द्र साहलाई पक्राउ गरेको जानकारी दिएका छन् । उनले बरामद सामान र पक्राउ परेका साहमाथि थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालयमा बुझाउने प्रकृया शुरु गरिएको जनाएका छन ।
प्रतिक्रिया