२ असार २०८२, सोमबार । June 16, 2025

International

टोकियो र होकाइदोमा संकटकाल हटाउने तयारि


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ १४ माघ । जापान सरकारले कोरोनाभाइरस ९कोभिड–१९ प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुराले आइतबार बताएका छन्।

कोभिड–१९ सङ्क्रमणका घटना घट्दो क्रममा रहेको र उपचारका लागि चिकित्सा प्रणालीमा पनि सुधार आएको भन्दै सरकारले सङ्कटकाल हटाउने निर्णय सरकारले लिएको बताइएको छ।

जापानका ४७ प्रान्तमध्ये टोकियो कानागावा,चाइवा, साइतामा र हकाइदो क्षेत्रमा स्वास्थ्य सङ्कटका कारण जारी सङ्कटकाल कायम रहेकोमा अव ती क्षेत्रमा पनि सङ्कटकाल हटाउने तयारी भएको हो।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००