२३ माघ २०८१, बुधबार । February 6, 2025

Breaking

बामदेव गौतम : राजीनामा दिएको भए केपी शर्मा ओलीको इज्जत बढ्थ्यो


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं १४ माघ। नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताएका छन् ।

बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान केपी ओलीको प्रतिष्ठा कति उचो हुन्थ्यो ।

पार्टी फुटेकामा नेपाली कांग्रेसलगायतका अन्य दलहरु पनि खुशी नभएको गौतमले बताएका छन् ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००