काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका छन् ।
पाकिस्तानको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।
माउन्ट केटु आरोहण गरी फर्केको टिमलाई सम्मान गर्दै उनले अब उप्रान्त राज्यले आरोहीलाई अवार्ड दिने घोषणासमेत गरे ।
प्रतिक्रिया