२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

Breaking

थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


१३ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं, १३ माघ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४५७४ मा पिसिआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९२ पुगेको छ।

पछिल्लो २४ घण्टामा २८५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार १७ पुगेको छ।

प्रकाशित : १३ माघ २०७७, मंगलबार ००:००