२८ आश्विन २०८१, सोमबार । October 14, 2024

समाचार

रघुजी पन्त : हिजोको प्रहरी दमन जतिसुकै भर्त्सना र आलोचना गरेपनि कम हुन्छ


१३ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं, १३ माघ ।  प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्‍यो । बृहत नागरिक आन्दोलनको आह्वानमा जम्मा भएका नागरिकहरुलाई प्रहरीले लाठी र पानीको पोहोरा हान्यो ।
नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका नेता रघुजी पन्तलाई पनि पटकपटक पानीको पोहोरा लाग्यो ।
पन्त भन्छन्, हिजोको शान्तिपूर्ण प्रदर्शनमा जसरी प्रहरी दमन भयो, यो अलोकतान्त्रिक छ । यसको जतिसुकै भर्त्सना र आलोचना गरेपनि कम हुन्छ ।’

प्रकाशित : १३ माघ २०७७, मंगलबार ००:००