२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

मनोरञ्जन

‘द कपिल शर्मा शो’को जारी सिजन बन्द हुने


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ । चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’को जारी सिजन बन्द हुने भएको छ । कपिल शर्माले डिजिटल डेब्यू गर्न लागेका कारण शोको यो सिजन बन्द हुन लागेको हो । कपिल शर्माले अब नेटफ्लिक्सको एक वेब सिरिज गर्दैछन् । यसको शुटिङका लागि कपिल शर्मा व्यस्त हुनुपर्ने भएपछि टेलिभिजन शो बन्द हुन लागेको हो ।

एक रिपोर्टअनुसार शोको यो सिजन समाप्त हुन लागेको भए पनि शो सदाको लागि अफ एयर भने हुने छैन । कपिल शर्मा व्यस्त रहँदासम्म केही महिनाको लागि शो बन्द रहनेछ । कपिल उपलब्ध भएपछि पुनः यसको अर्को सिजन सुरु गरिनेछ । कपिल शर्मा डिजिटल वेब सिरिजमा व्यस्त हुँदासम्म भने दर्शकहरुले प्रतिक्षा गर्नुपर्ने भएको छ । यस विषयमा छिटै घोषणा हुन सक्ने बताइएको छ ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००