२३ माघ २०८१, बुधबार । February 5, 2025

समाचार

ईश्वर पोखरेल : निर्वाचन अयोगले गरेको निर्णयको सम्मान गर्छौ


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन अयोगले गरेको निर्णयको सम्मान गर्ने बताएका छन्। सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर पोखरेलले निर्वाचन आयोगको निर्णय स्वागतयोग्य भएको बताएका हुन्। उनले आयोगको निर्णयले पार्टी एकताको पक्षमा रहेको बताएका हुन् ।

‘आयोगको निर्णयलाई सम्मान र सकारात्मक ढंगले लिएका छौं। हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यहि कुरा नै आयोगले पनि भनेको छ,’ पोखरेलले भने, ‘ओलीले राखेको अडानलाई आयोगको निर्णयले बल पुग्ने देखेका छौं। हामी फुटको पक्षमा छैनौं। नेकपा फुटेको छैन र चाहेर पनि फुट्दैन।’ आयोगको निर्णयले ओलीलाई कारबाही गर्ने निर्णयलाई गिज्याएको समेत उनले बताए।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००