२८ आश्विन २०८१, सोमबार । October 15, 2024

मनोरञ्जन

नायक पुष्प खड्कालाई छायांकनका क्रममा नै बडिगार्डको व्यवस्था


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ । नायक पुष्प खड्कालाई छायांकनका क्रममा नै बडिगार्डको व्यवस्था गरिएको छ ।काठमाण्डौका विभिन्न स्थानमा छायांकन भैरहेको चलचित्र ‘तिम्रो मेरो साथ’का मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र कलाकार सन्दिप क्षेत्रीको लोकप्रियतालाई ध्यानमा राख्दै यसको टिमले ४ जना बडिगार्डको व्यवस्था गरेको छ ।चलचित्रका निर्माता तथा निर्देशक रमेश एम।के पौडेलका अनुसार आउटडोर छायांकनका क्रममा दर्शकको भीड हुने भएकाले पनि बडिगार्डको व्यवस्था गरिएको हो ।

आर्यन फिल्मस् तथा वोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भैरहेको यो चलचित्रमा सविर श्रेष्ठको पटकथा तथा संवाद छ । चलचित्रमा सरोज खनाल, खबपु, इमिली लामा, धु्रव दत्तको पनि मुख्य भूमिका रहेको छ छ ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००