३० आश्विन २०८१, बुधबार । October 16, 2024

Breaking

हत्याको आशंकामा पशुपतिबाट जलाउन लागेको शव प्रहरीद्धारा बरामद


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ । हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको हो । शनिबार त्यहीँ लडिरहेको देखेपछि रवि र अनुले मन्दिरभित्र आश्रममा सुताइदिएको पाइएको प्रहरीले जनाएको छ । तर, त्यसवेलासम्म बबिताको मृत्यु भइसकेको हुनसक्ने आशंका गरिएको छ ।

उनको श्रीमान रविसँग पनि राम्रो सम्बन्ध थिएन । बबितालाई अफ्ठ्यारो अवस्थामा देख्ने बित्तिकै अस्पताल लैजानुपर्नेमा उनीहरुले शव व्यवस्थापन गर्ने प्रयास गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

डीएसपी बस्नेतका अनुसार मिस्त्री पेशामा संलग्न रवि र अनुले केहीपर लगेर खाल्डोमा पुर्ने प्रयास गरेको हुनसक्ने देखिएको छ । तर, पुर्न अफ्ठ्यारो भएपछि आगो लगाएको प्रहरी आशंका छ ।

प्रहरीले शव बरामद गर्दा शवको अधिकांश भाग जलिसकेको थियो । उनीहरु मन्दिरकै आश्रममा बस्दै आएका थिए ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००