७ पुस २०८१, आइतबार । December 22, 2024

समाचार

निर्वाचन आयोगको निर्णयसँगै प्रचण्ड–माधव समूह उत्साहित


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ ।  नेपाल कम्युनिस्ट पार्टी नेकपा मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयसँगै प्रचण्ड–माधव समूह उत्साहित देखिएको छ ।

आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको भन्दै आफूहरुले आधिकारिक पाउने नेताहरुले बताए ।
प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले स्वीकार गरेको ४४१ सदस्यीय केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको बताए । सोमबार प्रदेश २ का नेता कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै उनले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमानेपनि केही फरक नपर्ने बताए ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००