३० आश्विन २०८१, बुधबार । October 16, 2024

समाचार

कलाकार सुजल बमको नाम लिदै खुशि भए प्रधानमन्त्री


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ ।  सुजल बम बहिरा कलाकार । न उनी बोल्न सक्छिन् न सुन्न । तर, उनको हाउभाउ हेर्दा कसैलाई लाग्दैन की उनी फरक क्षमता भएकी हुन् । अद्भुत क्षमता भएकी सुजल बम अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नजरमा परेकी छन् । यतिमात्र होइन् सुजलको तस्बिर प्रधानमन्त्रीको मोबाइलमा कैद भएको छ ।
आइतबार ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सबाल’ साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भए । त्यहाँ विभिन्न क्षमता भएका फरक क्षमताका बालबालिकाको जमघट थियो । प्रधानमन्त्री उनीहरुको क्षमताको बयान गर्दै थिए, उनले यतिसम्म भन्न भ्याए ‘म पनि थोरैथोरै अपांगता भएको व्यक्ति हुँ ।’ प्रधानमन्त्रीको यो बोली र मन्तव्यले त्यहाँ उपस्थित भिडलाई थप उर्जा र ढाडस थपिएको महशुस गर्न सकिन्थ्यो ।

सम्बोधनका क्रमा प्रधानमन्त्री ओलीले अपाङ्गता भएर पनि अरुलाई जगाउनेहरु जोन हकिङ, झमक घिमिरे लगायतको चर्चा गर्दै उनले भने, ‘उदयमान कलाकारहरु हुनुहुन्छ, जस्तो सुजल बम । यस्तो थुप्रो साथीहरु हुनुहुन्छ ।’

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००