२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मनोरञ्जन

युटुबको नम्बर १ ट्रेन्डिङमा ‘छ माया छपक्कै’


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ ।  गतबर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’लाई युटुबमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । हलमा बम्पर व्यापार गर्न सफल यो चलचित्रलाई ५ दिन अगाडि युटुबमा सार्वजनिक गरिएको हो । युटुबमा यो चलचित्रलाई करिब २३ लाखले हेरिसकेका छन् । नेपालको युटुब ट्रेन्डिङको पहिलो स्थान ओगटेको चलचित्रलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

दीपकराज गिरी र उनको टिमले बनाएको आजसम्मकै उत्कृष्ट चलचित्र भनेर धेरै दर्शकले प्रतिक्रिया लेखेका छन् ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००