१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

समाचार

टेलिकमको कर्मचारी भन्दै लुट्ने गिरोह पक्राउ


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ ।  नेपाल टेलिकमको बीटीएस साइट टावर मा लाखौँ रुपैयाँ बराबरको सामान लगेर बेच्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सामान लगेर बेच्ने कार्यमा संलग्न चार जनालाई सार्वजनिक गरेको हो । सिरहाको लहान नगरपालिका १३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, त्यही नगरपालिका ३ ढगराहाका ३५ वर्षीय सूर्यनारायण महतो, ३५ वर्षीय पवन जैसवाल र गोलबजार नगरपालिका ४ का ४१ वर्षीय दीपक अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेकामध्ये यादवले टेलिकमकै कर्मचारी हुँ भन्दै गएको पुस २३ गते बिहान सप्तरीको सुरुङ्गा नगरपालिका २ हर्दियामा रहेको नेपाल टेलिकमको जीएसएम टावरमा प्रयोग भएको झण्डै १० लाख मूल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केबल २५ मिटर लगेका थिए ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००