१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

मुख्य खबर

लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार शुक्रबार देखि हट्ने


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार भोलि शुक्रबार देखि हट्ने भएको छ ।

दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको बताइएको छ ।कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिएका छन् ।

अनलाइन फाराम भरिसकेपछि परीक्षासम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । एसएमएस सेवा बन्द रहेको अवस्थामा रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रवक्ता भुसालले बताएका छन् ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००