३ कार्तिक २०८१, शनिबार । October 19, 2024

मुख्य खबर

उच्च हिमाली भूभागका एकदुई ठाउँमा हिमपातको सम्भावना


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ । आज उच्च हिमाली भूभागका एकदुई ठाउँमा हिमपातको सम्भावना रहेको मौषम बिभागले जनाएको छ ।

आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
यस्तै प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बद्ली रहेर देशका बाँकी भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००