१८ माघ २०८१, शुक्रबार । January 31, 2025

International

चिनियाँ अर्बपति ज्याक सार्वजनिक कार्यक्रममा देखिए


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ । करिब तीन महिनापछि चिनियाँ अर्बपति ज्याक मा सार्वजनिक कार्यक्रममा देखिएका छन्। चिनियाँ सञ्‍चारमाध्यमले माले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको उल्लेख गरेका छन्।चेचियाङ प्रान्तको तियान्मु न्युजलाई उद्धृत गर्दै चिनियाँ सञ्‍चारमाध्यमले गत अक्टोबर २४ पछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको बताएका छन्।

केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण हराएको आशंका गरिएको थियो।

१५ लाख अमेरिकी डलर पुरस्कार रहेको उक्त सोको निर्णायकमा मा पनि रहने बताइएको थियो। पछि उक्त सोको वेबसाइटबाट उनको नाम र तस्बिर हटाइएको थियो।

सामाजिक सञ्जालमा अपडेट भइरहने माले अक्टोबर १० यता ट्वीट पनि गरेका छैनन्।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००