१ चैत्र २०८१, शनिबार । March 15, 2025

मुख्य खबर

मृगलाई ताकेको बन्दुकको गोली लागेर रोल्पामा एक महिला गम्भीर घाइते


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ । मृगलाई ताकेको बन्दुकको गोली लागेर रोल्पामा एक महिला गम्भीर घाइते भएकी छिन् ।
गोली टाउकोमा लागेकाले ती महिलाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्ति पक्राउ परिसकेको र उनीमाथि ज्यान मार्ने उद्योग र हातहतियार खरखजनासम्बन्धी दुई वटा मुद्दा लाग्ने सुवेदीले बताएका छन् ।
रोल्पा नगरपालिका–९ फाल्जाका ३७ वर्षीय हस्तबहादुर पुनले चलाएको बन्दुकको गोली लागेर त्यही ठाउँकी ४५ वर्षीया बरु पुन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सोमबार साँझ ५ बजेतिर बाख्रा चराएर घरतिर फर्कँदै गर्दा हस्तबहादुरले चलाएको गोली टाउकोमा लाग्दा गम्भीर घाइते भएकी महिलाको रोल्पा अस्पताल रेउघामा उपचार हुन नसक्दा मङ्गलवार बिहान भैरहवा मेडिकल कलेज रिफर गरिएको रोल्पाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक डीएसपी नरेश सुवेदीले जानकारी दिएका छन् ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००