काठमाडौँ । क्युकी कभी सासभी बहु नामक टेलीसिरियल बाट बलिउडमा कदमा राखेकी राय छिट्टै चलचित्र ‘ब्रह्मास्त्र’मा देखिँदै छिन्।
लामो समय देखी प्रेम सम्बन्धमा रहेकी अभिनेत्री मौनी रायले विवाह गर्ने भएकी छन्।
सुरज नान्बियार सँग विवाह गर्न लागेको खुलासा मौनी आफैँले गरेकी हुन । दुबई निवासी सुरज नान्बियार र उनको परिवारको तस्बिर सार्वजनिक गर्दै मौनीले सुरजका आमाबुबालाई ममी, ड्याडी भनेर सम्बोधनसमेत गरेको बताइएको छ । यो चलचित्रमा उनीसँगै आलिया भट्ट, रणवीर कपुर, अमिताभ बच्चनको समेत मुख्य भूमिका छ।
चलचित्र गोल्डमा अभिनय गरी सकेकी मौनीले सोही चलचित्र बाट वेस्ट फिल्म फेयर अवार्ड डेब्यु अभिनेत्रीको रूपमा अवार्डपनी हात पारेकी थिइन् ।
६ माघ २०७७, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया