३ कार्तिक २०८१, शनिबार । October 19, 2024

समाचार

भारतले नेपालललाई कोरोना खोप दिने निर्णय


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । भारतले नेपाललगायत आफ्ना निकट मित्र राष्ट्रलाई कोरोना खोप दिने निर्णय गरेको छ। सोमबार बसेको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाललगायत भारतका अत्यन्त नजिकका छिमेकी मुलुकमा सीमित संख्यामा कोरोना खोपको डोज पठाउने निर्णय गरेको भारतिय संचार माध्यमले जनाएका छन्।

निर्णयअनुसार नेपाल, भुटान, सेसल्स, अफगानिस्तान र बंगलादेशलाई सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोप प्रदान गरिनेछ भने मंगोलिया, ओमान, म्यान्मार, फिलिपिन्स, बहराइन, मालद्वीप र मरिसियसलाई चाहिँ भारत बायोटेक कम्पनीले उत्पादन गरेको खोप पठाउने खबरमा उल्लेख छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००