३० आश्विन २०८१, बुधबार । October 16, 2024

मुख्य खबर

प्रदेश १ कांग्रेस संसदीय दलले सरकारलाई समर्थन गर्ने संकेत


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । प्रदेश १ कांग्रेस संसदीय दलले सरकारलाई समर्थन गर्ने संकेत गरेको छ । प्रदेश सभा संसदीय दलको हलमा जारी बैठकले नेकपाको ओली पक्षलाई समर्थन गर्ने भएको स्रोतकोरहेको छ । । प्रदेश १ कांग्रेस संसदीय दलको बैठक शुरु भएको छ । प्रदेश सभा संसदीय दलको हलमा जारी बैठकले नेकपाको ओली वा प्रचण्ड माधव समूहमध्ये कुन पक्षलाई सघाउने बारेमा तय गर्नेछ। कुल ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन्। प्रदेश सभामा २१ सिट रहेको कांग्रेसले कसलाई समर्थन गर्ने भन्ने कांग्रेसले अहिलेसम्म आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । कांग्रेसले अविश्वास प्रस्तावको मतदानमा तटस्थ बस्यो भने प्रस्ताव फेल हुनेछ ।

नेकपा दल विभाजन नभएपनि सांसद दुवै समूहमा विभाजित भएकाले दुवै बहुमत पुग्ने अवस्था छैन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड माधव पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । तत्कालीन समयमा आफ्ना पक्षमा ४२ सांसद रहेको दाबी गदै आएको थियो ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००