३ कार्तिक २०८१, शनिबार । October 19, 2024

Uncategorized

भारतमा कोभिड–१९ को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । भारतमा कोरोना भाइरस कोभिड–१९ को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो । मुरादाबादका प्रमुख मेडिकल अधिकारीले उनको मृत्यु कोरोना खोपसँग भने सम्बन्धित नभएको बताए ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००