२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मनोरञ्जन

दिपिकाको हातमा चलचित्र नै चलचित्र


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । नायिका दीपिका पादुकोणको हातमा अहिले आधादर्जन चलचित्र छन् ।
भर्खर भएको एक अन्तरवार्तामा उनले चलचित्रको लाइन नै भएको उल्लेख गरिन् । उनले अहिले शकुन बत्राको चलचित्रमा काम गरिरहेकी छिन् । चलचित्रले सम्बन्धको कथा भन्ने र यस्तो कथा अहिलेसम्म बलिउड चलचित्रमा नदेखाइएको दीपिकाको तर्क छ ।
यसपछि, आफूले नायक प्रभाषसँग काम गर्ने दीपिकाको भनाई छ । नाग अश्विनले निर्देशन गर्ने चलचित्रका लागि दीपिका उत्साहित रहेको बताएकी छिन् ।

दीपिका चलचित्र ‘दि इन्टर्न’को हिन्दी रिमेकमा पनि काम गर्ने बताएकी छिन् । दीपिकाले यी चार वटा चलचित्रको छायांकन सकेपछि आफूले ‘महाभारत’मा काम गर्ने बताएकी छिन् । विश्वलाई आफूले महाभारतको कथा भन्ने दीपिकाको भनाइ उल्लेख छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००