२८ आश्विन २०८१, सोमबार । October 15, 2024

Uncategorized

मल नल्याउने कम्पनिलाइ कारबाही नगर्न निर्देशन दिएको खुल्यो


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । ठेक्का हत्याएर तोकिएकै समयमा रासायनिक मल नल्याउने मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही नगर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीतिगत निर्णय गरेको खुलेको समाचारमा उल्लेख छ ।

मल नल्याउने ठेकदारविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका तत्कालीन कृषिमन्त्री घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएपछि ठेकदार जोगाउन मन्त्रालय लागेको पाइएको हो । ‘पुस १४ गते मन्त्रालयका सचिव डां. योगेन्द्र कार्कीको संयोजकत्वमा बसेको बैठकले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई तत्काल कारबाही नगर्न र समय अवधि नतोकी म्याद थप्ने निर्णय माइन्युट गरियो’ स्रोतले भन्यो ।
मल खरिद सम्बन्धी मन्त्रालयको नीतिगत निर्देशक समितिमा बाह्य मानिसको उपस्थिति राख्न नपाइने भए पनि मुक्तिनाथ जोगाउने निर्णय मुत्तिmनाथकै प्रतिनिधि राखेर गरेको स्रोतको दाबी छ ।
मुक्तिनाथलाई कारबाही रोकेपछि त्यसैको जगमा टेकेर शैलुङ र होनीको कम्पनीलाई पनि सफाइ दिने नियतसाथ मन्त्रालय लागेको स्रोत बताउँछ ।
मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले पनि ठेकदार जोगाउने विषयमा मन्त्रालयबाट भएको कारबाही रोक्नेबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००