काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वहिगर्मनमा परेका लडाकुहरुको यथोचित व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेकपा विभाजित बने पछि प्रधानमन्त्री ओली पूर्वमाओवादी खेमालाई आफूतिर तान्न प्रयासरत् देखिएका हुन् ।अखिल नेपाल महिला संघको केन्द्रीय समितिको बैठकमा ओलीले ‘जनयुद्ध’ लाई कुहिएको फर्सी भन्दै पूर्व माओवादी आन्दोलनमा लागेकाहरुलाई नभनेको प्रष्टीकरण पनि दिएका हुन् । प्रधानमन्त्रीले ठूला सपना देखाएर महान् क्रान्ति भन्दै युवालाई सहभागी गराउने प्रचण्डलाई मात्र भनेको बताएका हुन् । प्रधानमन्त्रीले बहिर्गमनमा परेकाले अब खुशि पाउने बताएका छन् ।
प्रतिक्रिया