२८ आश्विन २०८१, सोमबार । October 14, 2024

समाचार

पुरातत्वको निर्देशनविपरीत रातारात डोजर चलाइयो , अभियान्ताहरु आक्रोशित


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । ऐतिहासिक महत्वको कमलपोखरीमा सोमबार राति डोजर चलाइएको छ । कमलपोखरीमा निर्माण कार्य रोक्न पुरातत्व विभागले आदेश दिएको थियो । तर, पुरातत्वको निर्देशनविपरीत रातारात डोजर चलाइएको हो ।
कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई असर पर्ने गरी निर्माण कार्य अघि नबढाउन भन्दै पुरातत्वले सोमबार काठमाडौं महानगरपालिकालाई पत्र लेखेको थियो । तर, सोमबार राति नै त्यहाँ डोजर चलाईको यूवाहरुले बताएका छन् । संस्कृतिक अतिक्रमण विरुद्ध जाने र पर्यावरणीय हस्तक्षेप कुनै हालतमा मान्य नहुने अभियान्ताहरु बताउछन् ।
अहिले उक्त कार्यको विरोध भईरहेको छ । सम्पदा संरक्षण अभियन्ता आलोकसिद्दी तुलाधरले पनि सोमबार राति डोजर चलाइएको बताए ।

गणपतिलाल श्रेष्ठले पनि फेसबुकमा उक्त डोजर चलाएको भिडियो सेयर गर्दै लेखेका छन्, ‘‘डोजर गयो आजलाइ मात्र । भोलि फेरि सलबलाउने छ त्यसैले सचेत रहौ र जुटौ कमलपोखरीको महत्त्व र मर्मलाई न्याय दिलाउन।’’
पुरातत्वले काठमाडौं महानगरपालिकालाई ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकूल असर नपर्ने गरी परम्परागत निर्माण सामग्री तथा प्रविधिको प्रयोग गरी कमलपोखरीको पुनर्निर्माण गर्न निर्देशन दिएको हो । काठमाडौं महानगपालिका–१ स्थित कमलपोखरीको ऐतिहासिकता मास्ने गरी पुनर्निर्माण भइरहेको भन्दै अभियन्ताहरुले त्यसलाई रोक्न माग गर्दै आएका छन् ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००