काठमाडौँ । निर्देशक श्रीराम रागाभन नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा बलिउड नायिका कट्रिना कैफले काम गर्ने पक्का भएको छ । साथमा, यो चलचित्रमा साउथका स्टार विजय सेतुपतीले काम गर्दैछन् ।
कट्रिना र विजयले पर्दा शेयर गर्न लागेको यो पहिलो पटक हो । निर्देशक श्रीरामले नायक बरुण धवनसँग मिलेर नयाँ चलचित्र बनाउने तयारी गरेका थिए । बरुणसँगको यो प्रोजेक्ट कोरोना महामारीका कारण पछि सरेपछि उनी कट्रिना र विजयको साथमा नयाँ चलचित्र निर्माणमा जुटेका छन् ।
प्रतिक्रिया