२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मनोरञ्जन

पुष्पको हातको चलचित्रको लाइन


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । पछिल्लो समय निकै व्यस्त कलाकारमा पर्छन् नायक पुस्पल खड्का । खड््काले धेरै चलचित्रमा काम गरेपनि उनी नोटिस हुन सकेका थिएनन् । म्यूजिक भिडियोबाट उदाएका पुष्पले ‘अझै पनि’मा नायकको रुपमा काम गरेपनि उनको चर्चा खास संग भएन ।

अब पुष्पलाई ती दिन फर्किएर हेर्नुपर्ने अवस्था छैन । लकडाउनपछि उनी नेपाली चलचित्रका सर्वाधिक व्यस्त नायक बनेका छन् । एकपछि अर्को चलचित्रको छायांकनले उनको व्यस्तता बढाएको छ ।
नायक पुष्प खड्काले चलचित्र ‘कृष्ण लीला’को छायांकन ४० दिनसम्म गरिसकेका छन् । पूर्वका विभिन्न स्थानमा चलचित्रको छायांकन गरेर काठमाण्डौ ओर्लेकै दिन उनले ‘मनसँग मन’ चलचित्रको एउटा गीतमा नृत्य गरे । यो चलचित्रको गीतमा काम गरेर विश्राम लिन नपाउँदै पुष्प चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकनमा व्यस्त छन् ।
अब भने पुष्पको हातमा चलचित्रको कुनै अभाव त देखिएको छैन, उनको व्यस्तता पनि निकै बढेको छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००