२८ आश्विन २०८१, सोमबार । October 15, 2024

समाचार

एक बर्षसम्म नोबेलले पुनस्थापना केन्द्रका असहायहरुलाई निःशुल्क उपचार गर्ने


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । सम्झौता पत्रमा नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका दासीले हस्ताक्षर गरेका छन् । एक बर्षसम्म नोबेलले पुनस्थापना केन्द्रका असहायहरुलाई निःशुल्क उपचार गर्ने र दुईपक्षीय सहमतिमा पुनः सम्झौता नविकरण गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ ।
सुनसरीको इटहरी–२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको बताइएको छ ।
असहायहरुलाई सहयोग पुर्याउँनका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको नोबेल अस्पतालका सञ्चालक डा.शर्माले जानकारी दिएका छन् ।
२०७४ सालमा स्थापना भएको माया घरमा हाल ९७ जना महिला तथा वालवालिका बस्दै आएका छन् । जसमध्ये करिब ८० प्रतिशत मानसिक रोगी छन् । उनीहरुलाई उपचार गरेर पुनस्थापना गरिदै आएको छ । माया घरबाट हालसम्म करिब १२ सय जनालाई पुनस्थापना गरिसकिएको संस्थाका अध्यक्ष दासीले जानकारी दिएकी छिन् ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००