२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

भिरमा आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
आइतबार राति करिब ११ः३० बजे बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले बताएका छन्।
हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्।
उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरीले बताएको छ ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००