२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

न्यायधीशहरुलाई संविधान पढेर फैसला गर्न पौडेलको आग्रह


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जाने बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्‍याउने काम भएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताएका हुन् ।

संसद विघटनको विरोधमा भरतपुर महानगरपालिमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘संविधानलाई बचाएर मात्र चुनावमा जान्छौं । केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको स्मरण गर्दै उनले संसद पुनस्र्थापना अपरिहार्य रहेको बताएका छन् ।
न्यायाधीशहरुको विश्वास रहेको भन्दै उनले संविधान पढेर फैसला गरिदिन आग्रह गरे ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००