काठमाडौँ २ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ ।
उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा हुने तय भएको हो । विवाह हुने तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले पुष्टि गरेका छन् ।
विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम हुनेछ । विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ ।
प्रतिक्रिया