१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

समाचार

काठमाडौँ तर्फबाट सुरुङ खन्ने काम आजदेखि सुरु


२ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं २ माघ । थानकोट–नागढुंगा सिस्नेखोला सुरुङमार्गको काठमाडौँ तर्फबाट सुरुङ खन्ने काम आजदेखि सुरु हुने भएको छ ।धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको बताइएको छ ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा विशेष पूजाआजा गरी आजदेखि सुरुङ खन्ने तयारी गरेका बताइएको छ । सुरुङ खन्न आज सुरुङको मुखमा स्टिलको ढोका स्टिल रिब्स राखिंदैछ ।
कोरोना भाइरसको महामारी तथा स्थानीयवासीको अवरोधका कारण निर्धारित कार्यतालिकाभन्दा ढिलो सुरु भएको थानकोट–नागढुंंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणले अब भने गति लिने विश्वास सवै पक्षको छ ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार ००:००