काठमाडौँ २६ पुष । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा देशलाई कसरी जोगाउन सकिएला भन्नेमा चिन्ताग्रस्त रहेको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय परम्पराको विशेषता रहेको दावी समेत गरेका हुन् ।
देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाले राजगद्दी त्याग्नेसम्मको साहस र इमान्दारी दर्शाएको उनले बताएका छन्।
प्रतिक्रिया